आजको मिति कसरी तय हुन्छ
बिक्रम सम्बत सौर्य पात्रो हो। हरेक महिना संक्रान्तिबाट सुरु हुन्छ, अर्थात् सूर्य नयाँ राशिमा पस्ने बेलाबाट। यसैले महिनामा कति दिन हुन्छ भन्ने तय हुन्छ, २९ देखि ३२ दिनसम्म। नेपालमा निस्कने आधिकारिक वार्षिक पात्रोले महिनाका दिन तोक्छ, र कतिगतेले सूत्र होइन, त्यही तालिका प्रयोग गर्छ। त्यसैले असोज १ गतेको AD मिति वर्षअनुसार एक दिन अघि-पछि हुन सक्छ।