दैनिक भाउ कसरी तय हुन्छ
नेपालमा सुन-चाँदीको भाउ हरेक कार्य दिन बिहान सुन-चाँदी व्यवसायीहरूको राष्ट्रिय संघले अन्तर्राष्ट्रिय मूल्य, डलर–रुपैयाँको दर र भन्सार महसुल हेरेर तय गर्छ। देशभरका पसलले त्यस दिन त्यही दरमा बेच्छन्, त्यसमाथि ज्याला र गहनामा जर्ती थपिन्छ। यहाँको दर दिनभर अपडेट हुन्छ; शनिबार र सार्वजनिक बिदामा अघिल्लो कार्य दिनकै दर लागू रहन्छ।