साइत भनेको के हो
साइत (मुहूर्त) भनेको पंचांगले कुनै महत्त्वपूर्ण काम थाल्न शुभ भनेको दिन हो। त्यो दिनभित्र पनि काम गर्ने खास शुभ समय हुन्छ। नेपालमा विवाह, बच्चाको पास्नी र पसल खोल्ने जस्ता काम पनि साइत हेरेर गरिन्छ। यो पेजमा बिक्रम सम्बत वर्षभरका हरेक कार्यक्रमका साइत दिन छन्। यहाँबाट केही मिति छानेर पछि पण्डितसँग ठ्याक्कै लगन निकाल्न सकिन्छ।